नेप्सेमा सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको शेयर समायोजन भएको छ। आज अर्थात् असोज १६ गते बैंकको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो दिन शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। सिद्धार्थ बैंकको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो। बोनस शेयर समायोजनपछि बैंकको शेयर मूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्सेमा बैंकको शेयर मूल्य ४५९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।