नेप्सेमा झिनो सुधार, कारोबार रकम ४ अर्ब ८९ करोड


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२६ अंकले बढेर बन्द भएको छ। यससँगै बजार २५ सय ९९ दशमलव १५ को बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ करोड २० लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।

आज ३५३ कम्पनीको कारोबार हुँदा १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य घटेको छ। आज सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको २२ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.८१ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन्।आज सबैभन्दा बढी गुमाउनेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन्।