काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अकंले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ। आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो।
आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा मिडिल तमोरको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन्। सोनापुर मिनरल्सका लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन्। कुमारी सबल योजनाका इकाईधनीले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया