सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा दिन केन्द्रीय बैंकको निर्देशन


काठमाडाैं – नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ्ग सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले राहत वितरण तथा उद्धार कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले १९ देखि २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनसमेत बैंकिङ्ग सेवा सुचारु राख्न केन्द्रीय बैंकले बैंकहरूलाई निर्देशन दिएको हो।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक बैंकिङ्ग सेवा निरन्तर उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

केन्द्रीय बैंकले प्रभावित क्षेत्रमा बैंकिङ्ग सेवा अवरुद्ध हुन नदिन तथा राहत र उद्धार कार्यमा आवश्यक पर्ने वित्तीय कारोबार सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ।