काठमाडौं – आज उपकार लघुवित्तसहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १५.४४ अंकले बढ्दा उपकार लघुवित्त, माथिल्लो मैंलुङ खोला, आत्मानिर्भर लघुवित्त, सेन्ट्रल फाइनान्स र रसुवागढी हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।
जसमा उपकार लघुवित्तका लगानीकर्ताले ११.८७ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, माथिल्लो मैंलुङ खोलाका लगानीकर्ताले १०.२३ प्रतिशतका दरले कमाएका छन्। यससँगै, आत्मानिर्भर लघुवित्तले १०.१० प्रतिशत, सेन्ट्रल फाइनान्सले ९.११ प्रतिशत र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी गुमाउनेमा एनएमबि इनर्जी बोन्ड ४ प्रतिशत– २०९३/९४ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया