बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख बाँडेको आरोप


काठमाडौं – सांसद आशिका तामाङले बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख बाँडेको आरोप लगाएकी छिन् । उनले वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको बताएकी हुन् ।

‘बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छी मास्टरका वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको छ’ उनले लेखेकी छिन् ।

उनले प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई तत्काल खोजी गरी संलग्न जोसुकै भए पनि पक्राउ गर्र्नुपर्ने बताएकी छिन् । ‘जनता बाढीले घरबार गुमाएर रोइरहेका बेला लुट मच्चाउने ? लाज पनि लाग्नुपर्छ । पदमा बसेको मान्छे होस् वा जोसुकै होस्, अपराध गरेको हो भने कारबाही हुनैपर्छ ।’ उनले भनेकी छिन् ।