चिलिमे हाइड्रोपावर र प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत


काठमाडौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहिबार दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ। सो दिन चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

चिलिमे हाइड्रोपावरको ७० लाख २५ हजार ९१७.५४ कित्ता बोनस शेयर सूचीकरण भएको छ। यस कम्पनीले वितरण गरेको ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सको १४ लाख ७९ हजार ८३१.६५ कित्ता बोनस शेयर सूचिकृत भएको छ। यस कम्पनीले वितरण गरेको ८.७० प्रतिशत बोनस शेयर सूचिकृत भएको छ।