शेयर बजार लगातार ३ दिन बन्द, अब सोमबार खुल्ने


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार अब ३ दिन पछि मात्र खुल्ने भएको छ। साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण नेप्से अब आगामी सोमबार मात्रै खुल्ने भएको हो।

आज शुक्रवार जनै पूर्णिमा/रक्षा बन्धन भएकाले सरकारले दिएको सार्वजनिक बिदाले गर्दा बजार बन्द रहने छ। त्यस्तै, भोलि शनिबार र पर्सि शुक्रबार साप्ताहिक बिदा परेकाले कारोबार हुँदैन।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से १.०१ अंकले घटेर बजार २५ सय ५७ दशमलव ३१ को बिन्दुमा बन्द भएको छ।