काठमाडौं – आज शेयर बजारमा सबैभन्दा बढी हाइड्रोपावर क्षेत्र अन्तर्गतका लगानीकर्ताले गुमाएका छन्। भदौ १० गते चाइनाबाट रसुवा भोटेकोशीमा आएको बाढीले गर्दा अधिकांश जलविद्युत आयोजनाहरूमा क्षेती पुग्दा आज यस क्षेत्रका लगानीकर्ताले सर्वाधिक गुमाएमा हुन्।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैभन्दा धेरै गुमाउनेमा अप्पर हेवाखोला जलविद्युत, त्रिशूली जलविद्युत कम्पनी, इमर्जिङ नेपाल, रसुवागढी हाइड्रोपावर, र माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
जसमा अप्पर हेवाखोला जलविद्युतका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, त्रिशूली जलविद्युत कम्पनीको ९.२३ प्रतिशत, इमर्जिङ नेपालको ८.३८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.३८ प्रतिशत र माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया