काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३० अंकले घटेर बजार २५ सय ९४ दशमलव २७ को बिन्दुमा झरेको छ। त्यससँगै कारोबार रकम भने सामान्य बढेर ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ४४ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ३५७ कम्पनी कारोबारमा आउँदा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ९० करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको।
आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १४.९५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा धौलागिरि लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको लगानीकर्ताले १०.०७ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया