काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले करारमार्फत पद पूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट आज ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइन दरखास्त आह्वान गरेको हो ।
दरखास्त साथ आफूले प्राप्त भरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र लगायतका अन्य आवश्यक सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेस हुन आएका दरखास्त उपर कुनै किसिमको कारबाही नहुने उल्लेख छ । झुट्टा विवरण पेस गरी दरखास्त फाराम भरेको पाइएमा सोको जबाफदेही उम्मेदवार स्वयं हुनुपर्ने बताइएको छ ।






About Us
प्रतिक्रिया