साताको शेयरमा २५ अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार


काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २५ अंकले घटेर बन्द भएको हो। यससँगै करिब २० अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ५ दिन कारोबार हुँदा १ दिन बजार बढ्दा बाँकीको ४ दिन घटेको छ।

साताको पहिलो कारोबारको दिन बजार २.०१ अंकले घटेर २६ सय ४१ दशमलव ८२ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, दोस्रो कारोबारको दिन नेप्से १९.३४ अंकले घटेर बजार २६ सय २२ दशमलव ४८ को बिन्दुमा बन्द भएको छ।

त्यस्तै, तेस्रो कारोबारको दिन नेप्से ०.२६ अंकले घटेर बजार २६ सय २२ दशमलव २२ को बिन्दुमा बन्द भएको छ। त्यसैगरी, बिहीबार भने बजार झिनो अंकको सुधार देखिँदा ७.१७ अंकको वृद्धिसहित बजार २६ सय २९ दशमलव ४० को बिन्दुमा बन्द भएको छ। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से १०.६७ अंकले घटेर बजार २६ सय १८ दशमलव ७२ को बिन्दुमा बन्द भएको छ।

कारोबार कुन दिन कति?
सोमबारः ५ अर्ब ४८ करोड
मंगलबारः ४ अर्ब ४८ करोड
बुधबारः ३ अर्ब २६ करोड
बिहिबारः ३ अर्ब ८६ करोड
शुक्रबारः ४ अर्ब १२ करोड