यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने पाँच कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.६७ अंकले घट्दा समेत ७० कम्पनीको शेयर मूल्य बढेको छ। आज कारोबारमा आएको ३४४ कम्पनीमध्ये ७० कम्पनीको शेयर मूल्यमा बढ्दा सर्वोत्तम पेन्ट्स, पञ्चकन्या माई हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, हातवे इन्भेष्टमेन्ट नेपाल र नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

आज यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी सर्वाेत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १४.९९ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले १३.८६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.५१ प्रतिशत, हातवे इन्भेष्टमेन्ट नेपालको ४.९९ प्रतिशत र नेपाल लाइफ समृद्धि लगानी योजना ४.६२ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका हुन्।