काठमाडौं – आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१७ अंकले बढेर बजार २६ सय २९ दशमलव ४० को बिन्दुमा बन्द भएको हो।
आज कारोबार रकममा सामान्य सुधार देखिएर ४ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ९५ लाख ७५६ कित्ता शेयर किनबेच भएको छ। आज ३४५ कम्पनी कारोबारमा आउँदा १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी एग्रिकल्चरल बन्डको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर लिमिटेड र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ता १४.९९ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज सबैंभन्दा बढी गुमाउनेमा कुमारी घनवृद्धि योजनाका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया