काठमाडौं – अब नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल ३ वर्षको रहने भएको छ । आज बसेको अर्थ समिति बैठकले मूल ऐनको दफा १८ को उपदफा (१) को कार्यकाल भन्ने शब्द पछि ‘पाँच’ भन्ने शब्दको सट्टा ‘तीन’ भन्ने शब्द राख्ने निर्णय गरेको हो ।
यससँगै, अब गभर्नरको अवधि ३ वर्षको हुनेछ । तर, सरकारले मनासिब देखेमा २ वर्ष पुनः नियुक्ति गर्न सक्ने व्यवस्था गर्ने निर्णय आजको समितिले गरेको छ ।
विधेयकको दफा १३ अर्थात् मूल ऐनको दफा १८ का लागि प्रस्तावित उपदफा (२) को सट्टा देहायको उपदफा (२) राख्ने, नेपाल सरकारले कार्यसम्पादन मूल्याङ्कन आधारमा मनासिब देखेमा कार्यकाल समाप्त भएको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई दुई वर्षका लागि पुनः नियुक्ति गर्न सक्ने निर्णय आजको समिति बैठकले गरेको हो ।






About Us
प्रतिक्रिया