साताको अन्तिम कारोबारको दिन ७.३७ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो


काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.३७ अंकले घटेर बजार २६ सय ४३ दशमलव ८३ को बिन्दुमा बन्द भएको हो। आज ४ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ, भने ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३४४ कम्पनी कारोबारमा आउँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेरसँगै १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी एग्रिकल्चरल बोन्डको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी गुमाउनेमा सुपर खुदी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.८३ प्रतिशतका दरले गुमाएका हुन्।