काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.८१ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४७ कम्पनी कारोबारमा आउँदा १७१ कम्पनीको शेयर मूल्य बढेसँगै सर्वाेत्तम पेन्ट्स, माउन्ट एभरेष्ट पावर, सुपर खुदी हाइड्रोपावर, घलेम्दी हाइड्रो र सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्यमा उच्च वृद्धि देखिएको।
आज पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि आउँदा सबैभन्दा बढी सर्वाेत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, माउन्ट एभरेष्ट पावरको १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत, घलेम्दी हाइड्रोको ११.९० प्रतिशत र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन्।







About Us
प्रतिक्रिया