काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ८ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालकाअनुसार नेम्पेसेको सीइओ बन्न ८ जनाले आवेदन दिएका हुन् ।
अर्थमन्त्रालयले आवेदन परेकाहरु मध्येबाट ५ जनाको नाम सटलिस्ट गर्नेछ । सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएपछि सोबाट सीईओ छनौट गर्छ ।
सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन माग गरेको थियो । अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको व्यक्तिले सीईओका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने उल्लेख छ ।








About Us
प्रतिक्रिया