काठमाडौं – आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर कारोबारमा आएको छ। आजबाट यस कम्पनीले ३०० सय रुपैयाँमा आफ्नो पहिलो कारोबार सुरु गरेको हो। कारोबारमा आएको पहिलो दिनमै यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। यससँगै कम्पनीको शेयर मूल्य ४५ रुपैयाँले बढेर ३४५ रुपैयाँमा उकालो लागेको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको छ।
जसमध्ये सर्वसाधारणमा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर रहेको छ।








About Us
प्रतिक्रिया