सर्वाेत्तम पेन्ट्स ईन्डष्ट्रिजको आईपीओ नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साउन २७ गते सर्वाेत्तम पेन्ट्स ईन्डष्ट्रिजको आईपीओ सूचिकृत भएको छ। यस दिन सो कम्पनीको नेप्सेमा ३४ लाख कित्ता शेयर सूचिकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरूलाई वितरण गरेको ८ लाख ५० हजार र कम्पनीको संस्थापक शेयरधनीहरूले लगानी गरेको २५ लाख ५० हजार कित्ता शेयर गरी कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीको सो शेयर भोली अर्थात् साउन २८ गतेदेखि नेप्सेमा नियमित कारोबार हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।