मौद्रिक नीति बहस 

‘मौद्रिक नीतिको फोकस क्रेडिट फ्लो बढाउनेमा छ’ 


काठमाडौं – हामी अहिले कुन अवस्थामा छौ भन्ने सबैलाई जानकारी नै छ। गएको एक वर्ष स्थिर नीतिमा काम गर्दा केही सहज सबैले महसुस गरेका छन्। तरलतामा खास धेरै समस्या सिर्जना भएन। विदेशी मुद्रा सञ्चितिमा पनि समस्या छैन र गएको एक वर्षमा समस्या भएन। अब हामीले बजार नीति स्थिर बनाउनुपर्ने देखिन्छ। अबको कर्जाको फ्लो कसरी अघि बढ्छ भन्नेमा हामीहरू छलफलमा नै छ। अब कर्जा कसरी अगाडी बढ्छ। कर्जा मागको स्रोत के हुन सक्न भन्नेमा नै हामीहरू छौँ। वित्त नीतिको अवस्था जुन छ, त्यसमा भएको विषय अर्थात् नीतिहरूलाई चाहिँ हामीले परिवर्तन गर्न सक्दैनौँ। वित्त नीति भित्र रहेर कसरी कर्जाको फ्लोलाई अगाडी बढाउने भन्ने विषय हाम्रो प्राथमिकतामा छ।

अर्को प्राथमिकता भनेको स्थिरता हो। यसका लागि ब्याजदर मूल्यवृद्धिमा आउने सक्ने परिवर्तनलाई ध्यानमा राखेका छौँ। त्यसकारण उसले तत्कालै ठुलो असर नपार्ने देखिएको छ। तर, ग्रो इन्फ्लेसनले हामीलाई एउटा समस्या चाहिँ ल्याउँछ। धेरै जसो ठुलो ठुलो मन्दीहरू पनि मूल्यवृद्धिले नै सिर्जना गरेका हुन्छ। यो वर्ष केही एनपीएल छ भने त्यसको यदि डिफ्लेक्सन भइरहने हो भने सामान बेचेर त्यो पैसा उठाउन सकिँदैन भने अर्को वर्ष बढी हुन जान्छ। 

त्यसैले यो स्ट्यान्डर्ड सिम्टम अफसन धेरै अरु देशहरूले पनि त्यही समस्यालाई झेलिरहेका हुन्छन्। हामीले पनि अहिले सामना गरिराखेका छौँ । तर, हाम्रो समस्यामा के फरक छ भने यतिबेला हामीसँग पैसा खर्च गर्नुपर्ने ठाउँहरू धेरै हुनुपर्ने हो। अब हामीले आफ्नो आफ्नो क्षेत्रबाट कसरी क्रेडिट फ्लो बढाउन सक्छाैँ। क्रेडिट फ्लो बढाउँदा त्यसले सरकारको आफ्नो टार्गेटमा पनि सहयोग गर्छ। राजस्वदेखि सबै विषयबाट सरकारलाई सहयोग हुन्छ। 

६४ देखि ७२/७३ को दायरामा हामीले १० वर्षमा सरकारको राजस्व सङ्कलन ९८ बिलियनबाट ६१४ बिलियनसम्म भएको छ। अहिले न गको यो अहिलेको चाहिँ आठ वर्षमा दोब्बर पनि भएको छैन। यही समयमा सरकारको आफ्नो आवश्यकताहरूका कारण आन्तरिक ऋणीहरू बढेका छन्। विशेषगरी, ७२/७४ पछाडि आन्तरिक ऋणी बढेका हुन्। २०७४, ७५ र ७६ सालमा हरेक वर्ष आन्तरिक ऋण लगानी लगभग ३०० अर्बको थियो। त्यस्तै, ०७७/७८ सालमा आएपछि तरलता समस्या आएपछि ब्याजदर पनि ह्वात्तै माथि गयो। 

जसमा फेरि कोभिडको महामारी सुरु भयो। त्यसपछि हामी फेरी अर्को कोभिडपछिको समस्या देखिए। अहिले समस्या कहाँ छ भन्दा सरकारको इन्भेस्टमेन्टहरुको मार्जिनल रिटर्न भइरहेको छैन। जहाँ–जहाँ हामीले लगानी गर्यौ लगानीहरुले रिटर्न धेरै दिएन। जुन रूपमा इन्फ्रास्ट्रक्चर बनाएर बिजनेसहरू चाहिँ अगाडी बढाउनु पर्ने थियो त्यो रूपमा भएन। त्यो हुन नसक्दा पनि सरकारको राजस्व सङ्कलन प्रभावित बन्यो। 

हामीले बनाएको ५६ वटा सभाहलहरुबाट खास राजस्व सङ्कलन गर्न सकको अवस्था छैन। यस्तै, ३२ वटा एयरपोर्टमा हामीले खर्च गरे तापनि त्यसबाट राम्रो आम्दानी गर्न सकेका छैनौँ  यता, केहि हाइवेहरुको रेकर्ड राम्रै छ। रियल स्टेटहरु अलिकति राम्रो गयो भने लगानीले दिगो ग्रोथ निकाल्न सक्ने जस्तो देखिन्छ। हाम्रो ग्रोथ निकाल्ने भनेको चाहिँ शिक्षा स्वास्थ्यहरूबाट नै हो। जसमा सबैलाई थाहा छ। कुन सेक्टरले हामीलाई रिटर्न बढी दिन्छ भनेर हेर्दा दुई चार वटा समस्याहरु पनि हामीले देखिरहेका छौँ। अहिले हामीलाई अहिले स्थिर राम्रो रेट अफ ग्रोथ दिने क्षेत्र चाहिएको छ।