काठमाडौं – प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले २०७५ साउन ११ गते इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साइन्स प्रालिका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पहिले १३ करोड रुपैयाँ कर्जा प्रवाह गरी पछि सञ्चालक समितिको बैठकबाट अनुमोदन गरिएको बताएका छन्।
अनुसन्धानका क्रममा दिएको बयानमा शेरचनले कर्जा प्रवाहअघि नै सञ्चालक समितिका अध्यक्षबाट मौखिक पूर्वस्वीकृति प्राप्त भएको दाबी गरेका छन्। उनले औपचारिक बैठक बस्नुअघि मौखिक स्वीकृतिका आधारमा कर्जा प्रवाह गरिएको र पछि सञ्चालक समितिको बैठकले उक्त निर्णय अनुमोदन गर्दै पूर्वस्वीकृतिलाई औपचारिकता दिएको उल्लेख गरेका छन्।
उनका अनुसार बैंकले ऋणीलाई २ करोड रुपैयाँ बराबरको डिमाण्ड कर्जा स्वीकृत गरेको थियो। सोही रकमभन्दा कम नहुने गरी मालपोत कार्यालयबाट दृष्टिबन्धक (धितो) पास गरिएकोले बैंकको आन्तरिक मापदण्डभित्र नै प्रक्रिया पूरा भएको उनको भनाइ छ। शेरचनले जग्गा खरिद–बिक्रीसम्बन्धी बैना खरिदकर्ता र विक्रेताबीचको आपसी कागजात भएको उल्लेख गर्दै बैंकले कर छली वा कर लुकाउने उद्देश्य राखेको भन्न नमिल्ने जिकिर गरेका छन्। मालपोत कार्यालयमार्फत प्रक्रिया सम्पन्न भएकाले कर लुकाउने वा छिपाउने कार्यमा बैंकको संलग्नता रहेको निष्कर्ष निकाल्न नमिल्ने उनले बयानमा बताएका छन्।
बयानअनुसार, २०७५ साउन १५ गते इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साइन्स प्रालिका अध्यक्ष ओमप्रसाद पाण्डेले कम्पनीको खाताबाट ११ करोड रुपैयाँ राम जानकी हेल्थ फाउण्डेसनको खातामा रकमान्तर गरिदिन बैंकलाई लिखित निर्देशन दिएका थिए। कम्पनीको आधिकारिक छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर भएको पत्रका आधारमा बैंकले रकम रकमान्तर गरेको हुनुपर्ने शेरचनको भनाइ छ। उनले कम्पनीको आधिकारिक छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर मिलेको अवस्थामा बैंकले ग्राहकको निर्देशनअनुसार रकम स्थानान्तरण गर्न सक्ने स्पष्ट पारेका छन्। शेरचनका अनुसार उक्त कर्जा प्रारम्भिक रूपमा परियोजनाका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्ने उद्देश्यले प्रवाह गरिएको थियो।
अशोक शेरचन बयानको बयान
म सन् १९९५ मा नेपाल बङलादेश बैंकमा जुनियर एसिटेन्स पदमा ५ वर्ष काम गरी सन् २००० मा नेपाल बैंक अफ सिलोनमा अफिसर पदमा ५ वर्ष काम गरेको थिए। सन् २००७ बाट मैले प्रभु फाईनान्स लि. मा महाप्रवन्धकको रुपमा काम गर्न सुरु गरेको थिए । सन् २०११ मा प्रभु फाइनान्स लि., समृद्दी बिकास बैंक लि. र वैभव फाईनान्स लि. मर्ज भई प्रभु बिकास बैंक लि.बने पश्चात म प्रभु बिकास बैंक लि. को प्रमुख कार्यकारी अधिकृत भई काम गर्न थालेको हुँ । २०७१ सालमा प्रभु बिकास बैंक, गौरीशंकर बिकास बैंक, जेनिथ फाईनान्स र किष्ट बैंक लि. मर्ज भई प्रभु बैंक लि. बने पश्चात म प्रभु बैंक लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न थालेको हुँ । त्यस पश्चात ग्राण्ड बैंक लि. र सेन्चुरी कमर्शियल बैंक लि. समेत प्रभु बैंक लि.मा मर्ज भएको हो । म हाल सम्म पनि प्रभु बैंक लि. मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको छु । ईन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साईन्स प्रा. लि. का अध्यक्ष ओम प्रसाद पाण्डेसँग मेरो बैंकको ऋणीको रुपमा करिव १४/१५ बर्ष अगाडी देखि चिनजान भई आएको हो । निजसंग मेरो कुनै साझेदारी र सामुहिक लगानी केहि पनि रहेको छैन । मिति २०७५ साल साउन ८ गते (सन् २०१८/०७/२४) को Memorandum मा CEO पदमा रही Supported By खण्डमा भएको दस्तखत मैले गरेको मेरो दस्तखत हो फरक छैन । बैंकको CEO को हैसियतले सम्बन्धित विभाग तथा शाखाहरुबाट अध्ययन विश्लेषण गरी पठाईएका Memorandum हरु आफ्नो कर्जा स्विकृत सिमा भित्र परेको अवस्थामा सदर गर्ने र आफ्नो कर्जा स्विकृत सिमा भन्दा माथि भएको अवस्थामा संचालक समिति समक्ष स्विकृतीको लागि पेश गर्ने जिम्मेवारी रहेको थियो । आवश्यकता अनुसार ति Memorandum हरुमा थप गर्नु पर्ने केही राय सुझावहरु भए थप गर्ने गरेको छु । मिति २०७५ साल साउन ८ गते (सन् २०१८।०७।२४) मैले रु. २० करोड बराबरको कर्जा स्विकृत गर्ने अख्तियारीनामा प्राप्त गरेको थिए, करिव ३ वर्ष अगाडी देखी मैले रु. १ (एक) अर्व बराबरको कर्जा स्विकृत गर्ने अख्तियारीनामा प्राप्त गरी आएको छु । Banking क्षेत्रमा ग्राहकको आवश्यकता र बैंकसँगको सम्बन्धको आधारमा तत्काल ऋणीको आवश्यकतालाई मध्यनजर राखी कर्जा प्रदान गर्नु पर्ने भएमा सो कुरा संचालक समितिका प्रतिनिधीलाई जानकारी गराई संचालक समितिवाट स्विकृत गर्नु पुर्व Bank ले कर्जा प्रवाह गर्न सक्ने प्रावधान प्रचलन रहि आएको हुनाले मिति २०७५ साउन ११ गते (सन् २०१८।०७।२७ ) मा पनि ऋणीको अनुरोध अनुसार संचालक समितिलाई । संचालक समितिलाई पुर्व जानकारी गराई बैंकबाट रु.१३,००,००,०००/- (तेह्र करोड) कर्जा प्रवाह भएको हो । प्रवाह भएको उक्त कर्जा रकमको सम्बन्धमा Ms. पछि संचालक समितिको बैठकबाट अनुमोदन गरिएको थियो । मौखिकरुपमा कर्जा प्रवाहको लागि पुर्व स्विकृति संचालक समितिको अध्यक्षबाट प्राप्त भईसकेको थियो । तथापी माथि उल्लेखित कर्जामा संचालक समितिबाट मौखिक रुपमा प्राप्त स्विकृतिलाई संचालक समितिको बैठकले अनुमोदन गरी पुर्व स्विकृतिलाई औपचारिक रुपमा स्विकृत गरेको हो । बैंकले ऋणीलाई रु.२(दुई) करोड बराबरको डिमाण्ड कर्जा स्विकृत गरेको हुनाले सो रकमबाट नघटने गरी मालपोतबाट दृष्टीबन्धक पास गरिएकोले बैंकको मापदण्ड भित्र परेको छ, बैंनाका सम्बन्धमा खरिद गर्ने र विक्री गर्ने विचको आपसी कागजात भएकोले बैंकले ऋणीसँग कर लुकाउने छिपाउने मनासाय राखेको भन्न मिलेन । उक्त कार्य नेपाल सरकार अन्तर्गतको मालपोत कार्यालयबाट गरिएको हुनाले पनि यो लुकाउने छिपाउने कार्यमा बैंकको संलग्नता छ भन्न मिल्दैन । मिति २०७५ साल साउन ८ गते (सन् २०१८।०७।२४) मा तयार पारीएको Memorandum मा काठमाण्डौ मेडिकल कलेजमा ओम प्रसाद पाण्डेको नाममा रहेको २ लाख कित्ता शेयरको Market Value NRP 450र FMV 225 रुपैयाँ मानिने भनि के- कुन Valuater ले के कुन माध्यमबाट गरेको हो मलाई हाल याद भएन, काठमाण्डौ मेडिकल कलेजको शेयर कम्पनि रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट रोक्का राख्ने गरि धितोमा स्विकार गरिएको हुनु पर्छ । उक्त कम्पनिको नेपाल स्ट एक्सचेन्जमा Over the counter (OTC) मार्फत भएको कारोवारलाई आधार मानी FMV 225 रुपैया मानिएको हुनु पर्छ । प्राथमिक धितोको रुपमा स्वीकार गरिएको काठमाण्डौ मेडिकल कलेजमा ओम प्रसाद पाण्डेको नाममा रहेको २ लाख कित्ता शेयर धितो सुरक्षण नगरिएको सम्बन्धमा सम्बन्धित विभाग Consortium and project finance department लाई जानकारी हुनु पर्छ । यसरी धितो नलिदैमा कर्जा रकम खराब नै हुन्छ भन्ने हुदैन । कर्जा सम्वन्धी सम्पुर्ण कागजातहरु बनाउने, संकलन गर्ने लगायतका कार्यहरु सम्बन्धित विभागहरुले गर्ने हुँदा मलाई सबै कुराको जानकारी हुदैन । कर्जा जुन प्रयोजनको लागि लिएको सोही प्रयोजनको लागि प्रयोग गर्नु पर्छ, यदी उल्लेखित उद्देश्य प्रयोजन बाहेक अन्यत्र प्रयोग गर्नु मिल्दैन र प्रयोजन भन्दा अन्य उद्देश्यमा कर्जाको प्रयोग गरीएमा उक्त कार्य कर्जाको दुरुपयोग हुन्छ । प्रयोजन बाहेक अन्यत्र प्रयोग गर्नको लागि कसैलाई पनि सहयोग गर्न समेत हुदैन । सम्बन्धित कम्पनीले प्रस्तुत गरेको पत्रमा कम्पनीको छाप र अधिकार प्राप्त व्यक्तीको दस्तखत मिलेको अबस्थामा कम्पनीको अनुरोधलाई स्विकार गरिएको हुनु पर्छ । म २०७५।०४।१५ गते ईन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साईन्स प्रा. लि. का अध्यक्ष ओम प्रसाद पाण्डेले ईन्स्च्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साईन्स प्रा. लि. को खाता बाट रु ११,००,००,००० (एघार करोड रुपैया ) राम जानकी हेल्थ फाउण्डेसनको खातामा रकमान्तर गरिदिनहुन” भनी कम्पनीको छाप र आधिकारीक दस्तखत भएको पत्राचारको आधारमा बैंकले रकम रकमान्तर भएको हुनु पर्छ, सम्बन्धित कम्पनीले प्रस्तुत गरेको पत्रमा कम्पनीको छाप र अधिकार प्राप्त व्यक्तीको दस्तखत मिलेको अबस्थामा रकम रकमान्तर गर्न मिल्छ । शुरुमा कर्जा प्रवाह गर्दा परियोजनाको लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्नको लागि कर्जा प्रवाह गरिएको हो । Detail Project Plan (DPR) बनाउने चरण पुग्दा नपुग्दै कोभिड-१९ को महामारी शुरु भएको हुनाले उक्त परियोजनाको निर्माण कार्य रोकिएको भनिएको हो । कम्पनीहरुको स्वामित्व रहेको स्वामित्वकर्ताहरु एउटै रहेको कारणले आपसी समझदारीमा कम्पनीहरु वीच भएको कारोवारको उद्देश्य स्पष्ट भएको हुनाले ईन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेरिनरी साईन्स प्रा. लि. को नाममा प्रबाह भएको रकम राम जानकी हेल्थ फाउण्डेसन प्रा. लि. को कर्जाको साँवा व्याज तिर्नको लागि प्रयोग भएको हुनाले कुनै गैरकानूनी कामको लागि दुरुपयोग नभएको स्पष्ट हुन्छ । उक्त कर्जा भुक्तान गर्नको लागि समय-समयमा ऋणीलाई पत्राचार गरिएको हुनुपर्दछ । कर्जाका ऋणीले आंशिक धितो फुकुवा माग्नुको प्राविधिक कारणहरुमा परियोजना सुचारु गर्नको लागि धितोमा रहेका केही कित्ताहरु आंशिक रुपमा फुकुवा गरी अन्य जोडिएका जग्गावालाहरुसँग कित्ता मिलान गर्ने, हाल साबिक गर्ने, केही कित्ताहरु बिक्री गरी कर्जा रकम घटाउने लगायतका कारणहरुको लागि ऋणीको माग बमोजिम आंशिक धितो फुकुवाको सुविधा ऋणीलाई प्रदान गरिएको हुनुपर्छ । सबै काम कारबाहीहरुको जानकारी प्रमुख कार्यकारी अधिकृत समक्ष पुग्दैन । तल्लो तहमा समेत विभिन्न कर्मचारीहरुलाई अख्तियारी प्रदान भएको हुन्छ र सोही अनुसार कर्मचारीहरुले बैंकको हितमा काम गरेका हुन्छन भनी प्रमुख कार्यकारी अधिकृतले उनिहरुले गरेको कामलाई हस्तक्षेप गर्ने गर्दैनन् । सो को निरिक्षण तथा सुपरिवेक्षण गर्ने कार्य सम्बन्धित कर्जा विभाग (Consortum & Project Finance Department ) ले गर्नु पर्दछ । माथि उल्लेखित जग्गाहरु फुकुवा गरिएको सम्वन्धमा क्षेत्रफल मिलान गर्नको लागि गरिएको हुनुपर्छ । बैंकमा पेश
गर्ने मुल्यांकन बैंकबाट सुचिकृत भएका Valuator (मुल्यांकनकर्ता) ले स्वतन्त्र रुपमा सो समयमा चलनचल्तीमा रहेको बजार मुल्यलाई आधार मानी गरेको हुन्छ । बैंकले धितोमा राखिने जग्गाको मुल्य सम्वन्धमा सुचिकृत भएका Valuator (मुल्यांकनकर्ता) ले मुल्यांकन गरी दिएको मुल्यलाई आधार मान्ने गर्दछ । फरक भएको सम्वन्धमा बिगत केही समयदेखि घरजग्गाको मुल्यमा देखिएको गिरावटले पनि असर परेको हुन सक्छ । माथि उल्लेखित जग्गाहरुको विक्री मुल्यको सम्वन्धमा खरिदकर्ता र बिक्रीकर्ता बिचको समझदारीको बारेमा बैंकलाई जानकारी हुने कुरा भएन । Internal Memorandum मा उल्लेख भए अनुसार जग्गा फुकुवा गर्नलाई ऋणीले कवुलियत नामा गरे अनुसार फुकुवा गरिएको जग्गाको मुल्य (FMV) बरावर ७ दिन भित्र जम्मा गरि दिने भनि लेखिएको कारण कर्जा असुली पनि हुने भएको देखिदा Chief Executive Officer (CEO) को हैसियतमा Internal Memorandum मा हस्ताक्षर गरेको हो । मिति २०७६/०३/१३ (२०१९।०६ । २८) गतेको Memorandum मा उल्लेख रहेको कित्ता न. ११८ र ११९ नयाँ दृष्टी बन्धक गर्नको लागि प्रस्ताब गरिएका कित्ता नंम्वरहरु हुन भने २०७९।०३।१९ गते (सन् 2022/07/03) को Memorandum अन्य कित्ताहरु फुकुवा गर्न र अन्य कम्पनीहरुका कित्ताहरुसँग Internal Tie up गर्नको लागि प्रस्ताब गरिएको हुनाले उक्त २०७९।०३।१९ गते (सन् 2022/07/03) को Memorandum कित्ता न. ११८ र १९९ उल्लेख नभएको हो । परियोजना निर्माणका लागि ऋणीको अनुरोध बमोजिम ऋण रकम जग्गा खरिद लगायतका कामका लागि प्रवाह भए पश्चात विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण निर्माणकार्य अघि बढाउन नसेकेको हो । सोही कारणले उक्त परियोजना निर्माणका लागि समय थप गरिएको थियो । उक्त शैक्षिक संस्थाले सरकारबाट अनुमती प्राप्त गरिसकेको र निर्माण पश्चात मधेस प्रदेशको उक्त क्षेत्रका विद्यार्थीहरुले सहजरुपमा कृषि, वन विज्ञान र भेटेनरी शिक्षा प्राप्त गरी देशलाई योगदान पुर्याउन सक्ने देखिएकोले पनि बैंकले कर्जाको समयावधी बढाएको हो । यदी ऋणीले अटेर गरी परियोजनाको कार्यहरु अगाडी नबढाएमा बैंकले ऋणीलाई कर्जा फिर्ता गर्नको लागि सूचना दिई नियमानुसार आवश्यक कारबाहीको प्रकृया सुरु गर्न सक्दछ । DECO ले उल्लेख गरेको Ext: Charges बैंकको नियमानुसारनै उल्लेख गरेको देखिन्छ । सो चार्ज बैंकले लिएको हुनु पर्छ । नेपाल राष्ट्र बैंकले विविध कारणले अर्थतन्त्रमा आएको मन्दीको समयमा उद्योग, ब्यापार, सेवा क्षेत्र लगायतका संस्थाहरुलाई जोगाउनका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई Loan Defferal गर्ने सुबिधा प्रदान गर्ने गर्दछ । Loan Defferal भनेको ऋणीले तिर्नुपर्ने सावाँ र ब्याजको अवधीलाई पर सारी कुनै निश्चित अवधीबाट मात्र तिर्ने ब्यवस्था हो । बैंकहरुले ऋणीको माग, देशको अर्थतन्त्रमा देखिएको मन्दीको अवस्था, सम्बन्धित क्षेत्रमा देखिएको नकारात्मक अवस्था एवं नियामक निकाय तथा नेपाल सरकारले दिएको सुबिधा भित्र रही Loan Defferal गर्ने गर्दछ । Loan Defferal अन्तर्गत ऋणीले तिर्नुपर्ने सावाँ र ब्याजको अवधीलाई पर सारी कुनै निश्चित अवधीबाट मात्र तिर्ने व्यवस्था गरिएको हुन्छ । उक्त कम्पनी शैक्षिक संस्था भएको र नेपाल राष्ट्र बैंकले पनि शैक्षिक क्षेत्रलाई प्रभावित क्षेत्र भनी वर्गिकरण गरेको हुनाले बैंकले साँवा र ब्याजलाई deferral गरि निश्चित अवधी पछि सावाँ र ब्याज तिर्ने व्यवस्था मात्र गरिदिएको हो । कम्पनि संचालनमा नरहेको र Overdue (भाखा नाघेको) समेत भएको अबस्थामा बैंकले ऋणीबाट कर्जा रकम असुली कार्यमा सहजिकरणको लागि व्याजदर ५.२६% वाट घटाई ३.००% गराएको हुन सक्छ । यसरी व्याजदर घटाउने वढाउने कार्य बैंकको व्यापारिक रणनीति हो, यसमा बैंकका कर्मचारीहरुको ऋणीसँग मिलेमतो हुन्छ भन्ने लाग्दैन । इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साईन्स प्रा. लि. लाई कर्जा प्रवाह सम्बन्धमा कर्जा स्विकृत भई सके पछि कर्जा रकमको परिचालन गर्ने मुख्य जिम्मेवारी सम्बन्धित ऋणीको हो । बैंकको नीति नियम अनुसार कर्जा स्विकृत गर्ने सम्मको कार्य बैंकको रहन्छ । स्विकृत भएको कर्जा रकम ऋणीको आग्रह अनुसार माथि उल्लेखित खाताहरुमा रकमान्तरण भएको हुनुपर्छ । उक्त रकमहरुको रकमान्तर ऋणीनै संचालक रहेको कम्पनीहरुको खाताहरुमा भएकोले कुनै पनि गैर कानूनी कार्यहरुमा प्रयोग नभएको हुनाले दुरुपयोग भएको भन्न मिल्ने अवस्था नरहनु पर्ने हो । इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साईन्स प्रा.लि. लाई कर्जा प्रवाह सम्बन्धमा कर्जा स्विकृत भई सके पछि कर्जा रकमको परिचालन गर्ने मुख्य जिम्मेवारी सम्बन्धित ऋणीको हो । बैंकको नीति नियम अनुसार कर्जा स्विकृत गर्ने सम्मको कार्य बैंकको रहन्छ । स्विकृत भएको कर्जा रकम ऋणीको आग्रह अनुसार खाताहरुमा रकमान्तरण भएको हुनुपर्छ । उक्त रकमहरुको रकमान्तर ऋणी नै संचालक रहेको कम्पनीहरुको खाताहरुमा भएकोले कुनै पनि गैर कानूनी कार्यहरुमा प्रयोग नभएको हुनाले दुरुपयोग भएको भन्न मिल्ने अवस्था नरहनु पर्ने हो । उपेन्द्र नेपालले खुलाई लेखाई दिए अनुसार उच्च म्यानेजमेन्टको आदेश बमोजिम उल्लिखित रकम प्रभु बैंकको पार्किङ खातामा रकम ट्रान्सफर गरिएको होईन । ऋणीको आग्रह बमोजिम गरिएको हुनुपर्दछ । बैंकको नियमानुसार मेरो कर्जा स्विकृती गर्ने अख्तियारी अनुसार कर्जा स्विकृत गरे पश्चातका प्रकृयागत कार्यहरुमा मेरो संलग्नता हुने गर्दैन ।
राम जानकी हेल्थ फाउण्डेशन प्रा. लि. को नाममा प्रबाह भएको सन 2015-5-5, सन् 2015 8-4, सन् 2015-9-22, सन् 2016-02-23, सन् 2016-09-05, सन् 2018-05-09 र सन् 2020-5-26 समेतको Credit Appraisal/ Memorandum For Approval or Rejection/ Remarks, if Any supported by मा अशोक शेरचनको नाममा भएको दस्तखत मेरो हो, फरक छैन । ऋणीको आवश्यकता बमोजिम समय समयमा बैंकले आवश्यकताको महत्व आकलन गरी थप कर्जा नदिदाँ कम्पनीको नियमित संचालन मै बाधा पुग्न जाने देखिएकोले असल नियतले नै कर्जाको साँवा तथा ब्याजको किस्ता भुक्तानी नियमित नभएको अवस्थामा पनि कर्जा प्रवाह गरिने प्रचलन अनुसार नै उक्त कर्जा प्रवाहको लागि मैले समर्थन गरेको हुँ । बैंकिङ क्षेत्रमा यस खालको प्रचलन रहि आएको छ । कम्पनीले गर्ने दैनिक कारोबारका सम्बन्धमा मलाई जानकारी नहुने भएकोले उक्त नगदै भुक्तानी लिएको रकमको बारेमा एकिन गर्न सक्ने अवस्था रहेन । सो रकम दुरुपयोग भयो वा भएन भन्ने कुरामा मेरो कुनै भूमिका छैन । कम्पनीले कर्जा के- कसरी, कुन-कुन शीर्षकमा प्रयोग गर्यो भनेर बैंकलाई विवरण दिएको हुनुपर्छ, सो कुरा बैंकको कर्जा सम्बन्धि विभागले हेर्ने गर्छ ।ऋणीहरुबाट आएको कर्जा माग सम्बन्धी निवेदनहरुलाई विश्लेषण गरी कर्जा प्रदान गर्न सकिने वा नसकिने एकिन गरी RO- C & PF दिपेश पोखरेलले Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ । ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन । सो कारणले RO-C & PF दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । Head – C & PF रविन श्रेष्ठले Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेखी उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निज Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | Manager Risk ऋवस श्रेष्ठले कर्जाको प्रस्ताव पत्रलाई जोखिमका हिसाबले विश्लेषण गरी जोखिमसँग सम्बन्धित कुनै कुराहरु उल्लेख गर्नु परे सो समेत उल्लेख गरी कर्जा फाईल माथिल्लो तहमा रायसहित सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निजले Credit Chain मा रही Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन |Chief Credit Officer (CCO) भेष राज खतिवडाले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन IDCEO को हैसियतमा तारा मानन्धरले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । बैंकले कुनै पनि संस्थालाई कर्जा प्रवाह गर्दा बैंक र ऋणी दुवैको नियमित संचालनको लागि असल नियतले नै कर्जा प्रवाह गरेको हुन्छ ।
त्यसैगरी बैंकका कर्मचारीहरुले Credit Chain मा रही आ-आफ्नो दर्जा अनुसारको राय तथा विचारहरु प्रस्तुत गर्ने र माथिल्लो तहमा पठाउने गर्छन् । सोही अनुसार नै उल्लेखित कर्जा प्रवाह भएको हो । यसमा बैंकका कुनै पनि कर्मचारीको कर्जा दुरुपयोगमा भूमिका छ जस्तो मलाई लाग्दैन । कर्जा प्रवाहको लागि तयार गर्दाका बखत SOL Limit को गणना २०७१ चैत्र मसान्तको Core Capital लाई आधार मानी गरिएकोमा सो मितिमा SOL Limit नाघेको देखिएता पनि उक्त कर्जा प्रवाह गर्दाका बखत उक्त कर्जा असार मसान्त २०७२ को Core Capital को आधारमा SOL Limit नाघेको अवस्था थिएन । ऋणीहरुबाट आएको कर्जा माग सम्बन्धी निवेदनहरुलाई विश्लेषण गरी कर्जा प्रदान गर्न सकिने वा नसकिने एकिन गरी RO- C & PF दिपेश पोखरेलले Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ । ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन । सो कारणले RO-C & PF दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | Head – C & PF रविन श्रेष्ठले Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेखी उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निज Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन, Manager Risk प्रकाश बरालले कर्जाको प्रस्ताव पत्रलाई जोखिमका हिसाबले विश्लेषण गरी जोखिमसँग सम्बन्धित कुनै कुराहरु उल्लेख गर्नु परे सो समेत उल्लेख गरी कर्जा फाईल माथिल्लो तहमा रायसहित सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निजले Credit Chain मा रही Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन ।
सन् 2015/09/22 को कर्जा प्रवाह गर्दा ऋणीको आवश्यकता विश्लेषण गर्दा संस्थाको निरन्तरताको लागि नभई नहुने देखिएको अवस्थामा विभिन्न किसिमका सर्तहरु (Terms and Conditions) मा बाँधी थप लगानी गर्ने प्रचलन बैंकिङ क्षेत्रमा रही आएको हुँदा सोही अनुसार नै कम्पनीको अनुरोधलाई समर्थन गरेको हुँ । उक्त कर्जाको Memorandum तयार गर्दा २०७२ असार मसान्तको Core Capital को आधारमा SOL गणना गर्दा SOL Limit नाघेको देखिएतापनि मिति २०७२/०६/२० मा हरिमान लामाले राम जानकी हेल्थ फाउण्डेशन प्रा. लि. को संचालक समितबाट राजिनामा दिएपछि निजले उक्त ऋणी संस्थाको व्यक्तिगत जमानीबाट हटेपछि उक्त कर्जा SOL Limit भित्रै रहेको थियो । उक्त कम्पनीले लिएको कर्जा मध्येबाट नगदै भुक्तानी लिएको रकमका सम्बन्धमा मलाई एकिनका साथ जानकारी हुने कुरा भएन । साँवा र ब्याज तिर्न प्रयोग भएको कर्जा रकमको सम्बन्धमा पारदर्शी रुपमा कम्पनीले कारोबार गरेको देखिएको र कुनै पनि गैरकानूनी कार्यमा प्रयोग नभएको हुनाले उक्त रकम दुरुपयोग गरेको भन्ने अवस्था देखिदैन । सो रकम दुरुपयोग भयो वा भएन भन्ने कुरामा मेरो कुनै भूमिका छैन । ऋणीहरुबाट आएको कर्जा माग सम्बन्धी निवेदनहरुलाई विश्लेषण गरी कर्जा प्रदान गर्न सकिने वा नसकिने एकिन गरी RO – C & PF दिपेश पोखरेलले Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ । ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन । सो कारणले RO-C & PF दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | Head – C & PF रविन श्रेष्ठले Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेखी उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन्। सोही अनुसार नै निज Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् ।
उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन |Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । सन् 2016/2/23 को Memorandum मार्फत कर्जा प्रवाह गर्ने क्रममाऋणीको आवश्यकता विश्लेषण गर्दा संस्थाको निरन्तरताको लागि नभई नहुने देखिएको अवस्थामा विभिन्न किसिमका सर्तहरु (Terms and Conditions) मा बाँधी थप लगानी गर्ने प्रचलन बैंकिङ क्षेत्रमा रही आएको हुँदा सोही अनुसार नै कम्पनीको अनुरोधलाई समर्थन गरी उल्लेखित सन् 2016/2/23 को Memorandum मार्फत प्रवाह भएको Bridge Gap Loan-350 Million कर्जामा कर्जा प्रवाहको लागि तयार पारिएको Memorandum मा समर्थन गरेको हुँ । प्रवाह भएको कर्जा मध्येबाट नगदै भुक्तानी लिएको रकमका सम्बन्धमा मलाई एकिनका साथ जानकारी हुने कुरा भएन । साँवा र ब्याज तिर्न प्रयोग भएको कर्जा रकमको सम्बन्धमा पारदर्शी रुपमा कम्पनीले कारोबार गरेको देखिएको र कुनै पनि गैरकानूनी कार्यमा प्रयोग नभएको हुनाले उक्त रकम दुरुपयोग गरेको भन्ने अवस्था देखिदैन । सो रकम दुरुपयोग भयो वा भएन भन्ने कुरामा मेरो कुनै भूमिका छैन । ऋणीहरुबाट आएको कर्जा माग सम्बन्धी निवेदनहरुलाई विश्लेषण गरी कर्जा प्रदान गर्न सकिने वा नसकिने एकिन गरी RO – C & PF दिपेश पोखरेलले Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ । ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन ।
सो कारणले RO-C & PF दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | Head – C & PF रविन श्रेष्ठले Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेखी उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निज Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन। Chief Credit Officer (CCO) भेष राज खतिवडाले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । DCEO को हैसियतमा तारा मानन्धरले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । सन् 9/5/2016 को Memorandum मार्फत प्रवाह भएको कर्जा ऋणीको आवश्यकता बमोजिम समय समयमा बैंकले आवश्यकताको महत्व आकलन गरी थप कर्जा नदिदाँ कम्पनीको नियमित संचालन मै बाधा पुग्न जाने देखिएकोले असल नियतले नै कर्जाको साँवा तथा ब्याजको किस्ता भुक्तानी नियमित नभएको अवस्थामा पनि कर्जा प्रवाह गरिने प्रचलन अनुसार नै उल्लेखित
कर्जा प्रवाहको लागि मैले समर्थन गरेको हुँ । कर्जा मध्येबाट नगदै भुक्तानी लिएको रकमका सम्बन्धमा मलाई एकिनका साथ जानकारी हुने कुरा भएन । साँवा र ब्याज तिर्न प्रयोग भएको कर्जा रकमको सम्बन्धमा पारदर्शी रुपमा कम्पनीले कारोबार गरेको देखिएको र कुनै पनि गैरकानूनी कार्यमा प्रयोग नभएको हुनाले उक्त रकम दुरुपयोग गरेको भन्ने अवस्था देखिदैन । सो रकम दुरुपयोग भयो वा भएन भन्ने कुरामा मेरो कुनै भूमिका छैन | Head – C & PF रविन श्रेष्ठले Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेखी उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निज Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन। Chief Credit Officer (CCO) भेष राज खतिवडाले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । DCEO को हैसियतमा तारा मानन्धरले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । सन् 5/9/2018 को Memorandum मार्फत प्रवाह भएको कर्जा संचालक समितिका अध्यक्षलाई मौखिक रुपमा नै जानकारी गराएर उक्त कर्जा प्रवाह गरिएको हुनुपर्छ । त्यसपछि नियमित रुपमा बस्ने संचालक समितिको बैठकबाट उक्त कर्जालाई स्वीकृत तथा अनुमोदन गराईएको छ । यस खालको प्रचलन बैंकिङ क्षेत्रमा रही आएको छ। सोही अनुसार नै उल्लेखित रु. २५ करोडको कर्जा संचालक समितिले स्वीकृत गर्नु भन्दा अगाडी नै कर्जा प्रवाह गरिएको हो ।
कर्जा मध्येबाट नगदै भुक्तानी लिएको रकमका सम्बन्धमा मलाई एकिनका साथ जानकारी हुने कुरा भएन । साँवा र ब्याज तिर्न प्रयोग भएको कर्जा रकमको सम्बन्धमा पारदर्शी रुपमा कम्पनीले कारोबार गरेको देखिएको र कुनै पनि गैरकानूनी कार्यमा प्रयोग नभएको हुनाले उक्त रकम दुरुपयोग गरेको भन्ने अवस्था देखिदैन । सो रकम दुरुपयोग भयो वा भएन भन्ने कुरामा मेरो कुनै भूमिका छैन । RO-C & PF दिपेश पोखरेलले Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ । ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन । सो कारणले RO-C & PF दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । Head – C & PF रविन श्रेष्ठले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | Credit Manager ऋवस श्रेष्ठले Credit Chain मा रही Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन | CCO मनिराम पोखरेलले Credit Chain बाट आएको कर्जा फाईलहरु Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । सन् 26-05-2020 को Memorandum मार्फत प्रवाह भएको कर्जा रकम स्वीकृत गर्दा अनुमानित लाग्ने खर्चलाई आधार मानी गरिएको हुन सक्छ । उल्लेखित मेसिनहरु खरिद गर्दा र Installation गर्दा अनुमान गरिए भन्दा र कम लागत लागेको हुनाले बाँकी रहेको रकमबाट संस्थाकै कर्मचारीहरुलाई तलब दिनको लागि प्रयोग गरेको देखिएको हुनाले र गैर संस्थागत कार्यको लागि प्रयोग नभएको हुनाले दुरुपयोग भएको भन्ने अवस्था नरहनु पर्ने हो । RO- C & PF दिपेश पोखरेल नै बढुवा भई Relationship manager भएकोमा निजले ऋणीहरुबाट आएको कर्जा माग सम्बन्धी निवेदनहरुलाई विश्लेषण गरी कर्जा प्रदान गर्न सकिने वा नसकिने एकिन गरी Credit Chain मा रहेका अन्य कर्मचारीहरुसँग छलफल तथा समन्वय गरी बैंकको आन्तरिक प्रक्रिया ‘अनुसार कर्जाको फाईल तयार गरी अघि बढाउने काममा निजको भूमिका रहने गर्दछ ।
ऋणीले पेश गरेको विभिन्न कागजातहरुका आधारमा र बैंकको आन्तरिक मापदण्डहरुलाई पालना गर्दै विश्लेषण गरिएका प्रस्ताव पत्र तयार गरिने भएकोले बैंकका कर्मचारीहरुको कर्जा दुरुपयोग गर्ने वा गराउने भन्ने नियत हुँदैन । सो कारणले Relationship manager दिपेश पोखरेलको उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । head Project Finance दिनेश डंगोलले । ‘Corporate and Project Finance Department (C & PF) बाट आएको कर्जा फाईलको विश्लेषण गरी रितपूर्वक चेकजाँच गरी कुनै कुराहरु थपघट गर्नु परेको अवस्थामा सो थपघट गरी आफ्नो राय लेख्नु परेको अवस्थामा लेख उक्त कर्जा फाईल माथिल्लो तहमा सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निज head Project Finance दिनेश डंगोलले उल्लेखित कर्जा प्रवाहमा आफ्नो भूमिका निर्वाह गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । Risk analyst प्रतिक भट्टचनले कर्जाको प्रस्ताव पत्रलाई जोखिमका हिसाबले विश्लेषण गरी जोखिमसँग सम्बन्धित कुनै कुराहरु उल्लेख गर्नु परे सो समेत उल्लेख गरी कर्जा फाईल माथिल्लो तहमा रायसहित सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निजले Credit Chain मा रही Memorandum मा दस्तखत गरेका हुन्। उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । Credit Manager भुषण गुप्ताले कर्जाको प्रस्ताव पत्रलाई जोखिमका हिसाबले विश्लेषण गरी जोखिमसँग सम्बन्धित कुनै कुराहरु उल्लेख गर्नु परे सो समेत उल्लेख गरी कर्जा फाईल माथिल्लो तहमा रायसहित सिफारिस गर्ने गर्दछन् । सोही अनुसार नै निजले Credit Chain मा रही Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । CCO निरज लम्सालले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकारभन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन । CBO मनिराम पोखरेलले Credit Chain बाट आएको कर्जा फाईलहरु कर्जा स्वीकृत गर्ने कर्जा सिमा आफ्नो अधिकार भित्र पर्ने भए स्वीकृत गर्ने र कर्जा सिमा आफ्नो अधिकार भन्दा बढी भए आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गरी पठाउने गर्दछन् । उल्लेखित कर्जा सम्बन्धमा निजले Credit Chain मा रही सोही अनुसारको भूमिका निर्वाह गरी Memorandum मा दस्तखत गरेका हुन् । उल्लेखित कर्जा दुरुपयोग भएको भनिएको सम्बन्धमा निजको कुनै संलग्नता छ भन्ने मलाई लाग्दैन ।
प्रभु बैंकले कर्जा प्रवाह गरेपछि उक्त कर्जाको सदुपयोग भए नभएको हेर्ने र दुरुपयोग भएको अवस्थामा Incident Report तयार गरी पेश गर्ने जिम्मेवारी बैंकको कर्जा विभागको हुन्छ । बैंकमा ओम प्रसाद पाण्डे र हरिमान लामा प्रा आउने गरेकोले निजहरुलाई चिन्छु । नातामा धन बहादुर शेरचन मेरो काका र हरि कृष्ण भट्टचन ससुरा पर्नुहुन्छ । महाविर तामाङ, देवान राई, सुरेश कुमार तिवारीसँग मेरो देखभेट भएको छैन । ओम प्रसाद पाण्डे, धन बहादुर शेरचन, हरि कृष्ण भट्टचन, हरिमान लामा, महाविर तामाङ, देवान राई, सुरेश कुमार तिवारी कसैसँग मेरो व्यक्तिगत सरोकार लेनदेन केही छैन । मैले प्रभु बैंक लि.मा रही प्रचलित कानून, नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी भएका निर्देशनहरुको पूर्ण पालना ग आफ्नो पदिय दायित्व अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरेको छु । मैले कुनै पनि व्यक्तिगत फाईदा तथा प्रलोभनमा परी बैंकलाई नोक्सान हुने काम गरेको छैन । माथि उल्लेख भए बमोजिमका मेरो जिम्मेवारी अन्तर्गत पर्ने कार्यहरु अनुरुप तयार पार्नु पर्ने सम्पूर्ण नीतिहरु, बार्षिक बजेट, कार्ययोजनाहरु बनाई संचालक समितिबाट हरेक वर्ष पारित गरी लागु गरिएको छ । बैंकको कर्मचारी विनियमवाली भित्र रही हाल करिब ३२०० जना कर्मचारीहरु कार्यरत रहेका छन् । संचालक समितिका निर्णयहरु, वार्षिक साधारण सभाहरु र नेपाल राष्ट्र बैंकका निर्देशनहरुको पूर्ण पालना गरिएकै कारण आज सम्म कुनै किसिमको कारबाही बैंकले ब्यहोरेको छैन । बैंकका सम्पूर्ण सुचकहरु नेपाल राष्ट्र बैंकद्दारा निर्देशित सिमा भित्रै रहेका छन् । यसर्थ मैले मेरो जिम्मेवारी पूर्ण रुपमा पालना गरेको पुष्टी हुन्छ । राम जानकी हेल्थ फाउण्डेसन प्रा. लि. ले KIST Bank Ltd. हुँदाकै बखत देखि कर्जा उपभोग गरिरहेको थियो । उक्त बैंक मर्जर पछि प्रभु बैंक लि.मा परिणत भएको हो । म प्रभु बैंक लि. भएपश्चात उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको हुँ । सो समयमा उक्त कम्पनीको कर्जाको बिग्रेको अवस्थामा रहेको, कम्पनीमा विभिन्न किसिमका समस्याहरु चलिरहेको जस्तै कर्मचारीको ३० महिना देखि तलब नदिएको, नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरेको, आपूर्तिकर्ताहरुको बक्यौता नतिरेको, विद्युत प्राधिकरणको महशुल नतिरेको लगायतका समस्याहरु थिए । तर उक्त समयमा राम जानकी कलेजमा विद्यार्थीहरु अध्ययनरत थिए । सो कुराले सामाजिक रुपमा र विद्यार्थीहरुको career मा हानी पुग्ने सम्भावनालाई मध्यनजर गर्दै बैंकले असल नियतका साथ उक्त कलेजलाई सुचारु रुपमा सञ्चालन गर्नको लागि थप कर्जा प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयहरुको कारणले नै माथी उल्लेखित सम्पूर्ण समस्याहरु समाधान हुन गई उक्त संस्थाले सोही समयदेखि नेपाल सरकार, Institute of Medicine (IOM) लगायतका निकायहरुबाट रोकिएका कोटाहरु (MBBS, Bsc. Nursing, BN Nursing, Staff Nurse, PCL Nurse, HA etc.) प्राप्त गरी सफलतापूर्वक सञ्चालनमा रहेको छ । बैंकले प्रदान गरेको कर्जाको व्यवस्थापन ऋणी स्वयमबाट हुने भएकोले दुरुपयोग भएको भनि भनिएको कुरामा मेरो कुनै संलग्नता हुने कुरा भएन । साथै बैंकको आन्तरिक नीति नियमहरुलाई पालना गर्दै कर्जा प्रवाहका प्रक्रियाहरु पुरा गरिएकोले र नेपाल राष्ट्र बैंकबाट हरेक वर्ष हुने निरीक्षणका क्रममा उल्लेखित ऋणीले उपभोग गरेको कर्जाहरुलाई दुरुपयोग भएको भनि उल्लेख पनि नगरिएको र कर्जाहरुको सम्बन्धमा कैफियतहरु पनि नदेखाईएकोले पनि मेरो कर्जा दुरुपयोग भएको भनिएको कुरामा संलग्नता पुष्टि नभएकोले यसमा म कारबाहिभोगी छैन।






About Us
प्रतिक्रिया