शेयर बजारमा निरन्तर पहिरो: १ महिनामै १२८ अंकले घट्यो नेप्से, लगानीकर्ता त्रासमा


काठमाडौं – शेयर बजार निरन्तर घटेर निम्न बिन्दुमा आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक अनुसार गत जेठ १२ गतेदेखि असार १२ गतेसम्म एक महिनाको अवधिमा नेप्से १२८ अंकले घटेर बजार २६ सयको बिन्दुमा झरेको हो। नेप्सेको तथ्यांक अनुसार गत जेठ १२ गते २७ सय ७७ को बिन्दुमा रहेको बजार सोही समयको असार १२ गतेसम्म आइपुग्दा बजार २७ सयको बिन्दुबाट ओरालो लाग्दै २६ सय ४९ को बिन्दुमा झरेको छ।

गत फागुन २६ गते २१ अर्ब भन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा असार १२ गतेसम्म आइपुग्दा कारोबार रकम २ अर्बमा झरेको छ। अहिले दैनिक जसो नेप्सेमा ३/२ अर्ब रुपैयाँको कारोबार हुन पनि मुस्किल छ। साथै, निरन्तर बजार ओरालो लाग्दा यो साता मात्रै नेप्से ५१ अंकले घटेर बन्द भयो। यो साता नेप्सेमा ५ दिन कारोबार हुँदा पाँचै दिन नेप्से घटेर बन्द भयो। बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता त्रसित बनेका छन्। बजारले निरन्तर गति लिन नसक्दा अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन्।

यस अवधिमा बजार १२८ अंकले घटेसँगै कारोबार रकम खुम्चिँदा बजार पुँजीकरण ७३ अर्बबाट घटेर ५३ खर्बमा झरेको छ। गत चैत १२ गते ४ खर्ब ७३ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेकोमा असार १२ गते ४ खर्ब ५३ अर्बमा झरेको हो। गत फागुन १ गते २६ सय २६ सय ७३ को बिन्दुमा रहेको शेयर बजार असार ९ गते २६ सय ७४ को बिन्दुमा कायम भएको थियो। जुन ४ महिना कै न्यून बिन्दुमा बजार झर्‍यो। सो दिन बजार २६.१६ अंकको गिरावट सहित बजार २७ सयको बिन्दुमा तल झरेको थियो। त्यस दिन यता बजार लगातार घट्दा कारोबार रकम समेत खुम्चिएको छ।