काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमकाे गिरावट देखिएकाे छ। केन्द्रीय बैंकको असार ९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ८० खर्ब ३४ अर्ब निक्षेप संकलन भएको छ। अघिल्लो दिनसम्म बैंकिङ्ग प्रणालीमा ८० खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि १७ अर्ब रूपैयाँले नै घटेको छ। असार ८ गतेसम्म ७२ खर्ब ६६ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप ९ गते ७२ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कर्जा प्रवाहमा भने सामान्य गिरावट देखिएको छ। ८ गतेसम्म ५९ खर्ब १ ८अर्ब कर्जा प्रवाह भएकोमा ९ गते ५९ खर्ब १७ अर्ब रुपैयाँ मात्रै भएकाे छ। सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले घटेकाे छ।
अघिल्लो दिनसम्म ५२ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते ५२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकका अनुसार सो समयमा सिडी रेसियो ७२ दशमलव ९६ प्रतिशत रहेको छ। त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।






About Us
प्रतिक्रिया