काठमाडौं – हिमालय पार्टनर लिमिटेडले असार ३२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बोलाएको हो।
सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ। सो सभाबाट संचालक समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको आर्थिक सहयोग रकम १ लाख ४३ हजार रुपैयाँलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार १८ गते शेयरधनी दर्ता किताव (बुक क्लोज) गर्र्ने निर्णय गरेको छ। जसर्थ, असार १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन योग्य हुनेछन्।






About Us
प्रतिक्रिया