बीआईएसको वार्षिक बैठकका लागि गभर्नर स्वीट्जरल्याण्ड जाँदै, कामु गभर्नरमा पण्डित


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेल बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस)को वार्षिक बैठकका लागि स्वीट्जरल्याण्ड  प्रस्थान गर्ने भएका छन्। गभर्नर पौडेल एक साताका लागि बीआईएसको वार्षिक बैठकका लागि स्वीट्जरल्याण्डकाे बासेल प्रस्थान गर्न लागेका हुन्।

गभर्नर कार्यालयका अनुसार डा.पौडेल ५ देखि ७ दिन विदेशमा रहनेछन्। सो बैठक सकेर उनी नेपाल अर्को साता फर्कने कार्यक्रम रहेको गभर्नरको कार्यालयले जानकारी दिएको छ। बासेलमा बीआईएसको २५औँ वार्षिक बैठक २६ जुनदेखि २८ जुनसम्म छ।

सोही कार्यक्रमका लागि गभर्नर पौडेल आज विदेश उड्दै छन्। गभर्नर विदेश भ्रमणमा रहने भएपछि डेपुटी गभर्नर किरण पण्डितले कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन्।