आर्थिक गणनामा ९१ प्रतिशत लक्ष्य हाँसिल, असोजसम्म तथ्यांक प्रशोधन सक्ने तयारी


काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ को ९१ प्रतिशत लक्ष्य हाँसिल गरेको जनाएको छ । राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन कार्य (प्रगति तथा कार्यदिशा) सम्बन्धमा आयोजित पत्रकार भेटघाटमा ९१.६ प्रतिशत लक्ष्य हाँसिल गरेको जानकारी गराएको हो ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले रोजगारीको स्थिति कस्तो छ भनेर बुझ्नका लागि सहज हुने बताएका छन् । उनले राष्ट्रिय आर्थिक गणनाको मुख्य उद्देश्य सरकारको निति निर्माण र आर्थिक लक्ष्य हासिल गर्न कसरी गर्न सकिन्छ भनेर बुझ्नु भएको बताए ।

कार्यालयले हालसम्म १३ लाख ५१ हजार प्रतिष्ठानको गणना सक्किएको जनाएको छ । जुन लक्ष्य १४ लाख २५ हजारको ९१.६ प्रतिशत हाराहारी हो । प्रवक्ता लामिछानेले तथ्यांक संकलनका क्रममा कतिपय उद्योग, व्यवसाय तथा प्रतिष्ठानले सुचना तथ्यांक नदिने गरेको पाइएको छ । आफ्नो कारोबारबाट आउनसक्ने त्रासले गर्दा आफ्नो व्यवसायको सुचना नदिने गरेको पाइएको हो। गोपनीयता कायम नरहने देखिएपछि कतिपय प्रतिष्ठानहरुले तथ्यांक नदिने गरेको पाइएको कार्यालयको भनाई छ । धेरैजसो काठमाडौं उपत्यकाका व्यवसाय तथा प्रतिष्ठानले तथ्यांक नदिने गरेको उनको भनाइ छ ।