जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ, ४० हजार बरामद


काठमाडौं – रूपन्देहीको  तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय मधु छन्त्यालको नास्ता पसलबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । मधु छन्त्यालको नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा मधुसहित ९ जनालाई पक्राउ गरेको हो ।   

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।