काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ ।
बरामद बन्दुकहरू लोड अवस्थामा रहेको र घटनास्थलमा करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा २ बट्टा सलाई समेत फेला पारिएको हो ।
बरामद सामग्री कसले र किन लुकाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।






About Us
प्रतिक्रिया