अत्यधिक गर्मी सहन नसकेपछि महाधिवेशन स्थल छाडेर होटल पुगे प्रधानमन्त्री बालेन


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार चितवन पुगेका छन्।

शाह बिहान करिब ११ बजे भरतपुर विमानस्थलमा अवतरण गरी महाधिवेशनस्थल पुगेका थिए। कार्यक्रमस्थलमा केही समय बिताएपछि उनी आरामका लागि शक्तिखोरस्थित एक होटलतर्फ गएका छन्। रास्वपाका एक नेताका अनुसार उनी दिउँसो २ बजे उद्घाटन सत्रमा सहभागी हुन पुनः महाधिवेशनस्थल पुग्नेछन्।

प्रधानमन्त्री शाह रास्वपाको महाधिवेशनमा पत्नी र छोरीसहित सहभागी भएका छन्।

भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, गएराति परेको वर्षाका कारण महाधिवेशनस्थल जलमग्न बनेपछि आयोजनास्थलको पानी भ्याकुम मेसिन प्रयोग गरी हटाइएको आयोजकले जनाएको छ। वर्षापछि प्रभावित बनेको स्थललाई उद्घाटन समारोहका लागि तयारी अवस्थामा ल्याइएको छ।