काठमाडौं – नेशनल हाइड्रो कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई २९ औं वार्षिक साधारण सभामा बोलाएकाे छ।कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा अमृत भोग क्याटेरिङ्ग कालिकास्थान, काठमाडौंमा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सो सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभा उपर छलफल गरी पारित गर्नेछ। त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, आ.व. २०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने त्यस्तै, सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
सो साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ असार १५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।





About Us
प्रतिक्रिया