अवैध रुपमा विदेश लैजान लागेको ३० हजार साउदी रियलसहित समिर बहादुर पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियल ३० हजारसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका– १० घर भएका समिर बहादुर मगर रहेका छन् । हिमालय यअरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त साउदी रियाल फेला पारी पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।