काठमाडौं – चितवन प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा घर भई चितवनको भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्ने पप्पु कुमार यादव रहेका छन्।
मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूबाट बाइनास र बाइबिट नामको एप्लिकेशनबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी खानतलासी गर्दा उनको कोठाबाट विभिन्न कम्पनीका स्क्रिन टच मोबाइल फोनहरू थान १७, किप्याड मोबाइल फोनहरू ३ थान बरामद गरेको प्रहरीले बताएको छ। उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया