काठमाडौं – नेपाल राष्ट्र बैंकले आज एक खर्ब निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो। केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ६ गते हुनेछ। बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाकोलगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन।






About Us
प्रतिक्रिया