४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काडमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले आज पुनः निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा बोल गरिएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ र ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार आज बोलकबोल हुने ४२ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ असार १० गते भुक्तानी हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपियाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।