काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ४४ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ। आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५१ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ। रिडी पावरको १७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। एसबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन्। एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ३ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन्। एनआइसी एशिया डिबेञ्चरका इकाइएनीले ३ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले १२ दशलमव ४० प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया