काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले यसपालि आफ्नो वार्षिकोत्सव गुपचुपमा मनाएको छ। विगतमा निजी सञ्चारमाध्यमलाई समेत डाकेर सार्वजनिक समारोह आयोजना गर्दै आइरहेको केन्द्रीय बैंकले यसपालि गुपचुपमै राखिएको हो।
गभर्नर प्रा.डा.विश्वनाथ पौडेलका विवादित घटनासम्बन्धी समाचार प्रकाशित हुने क्रम बढेसँगै केन्द्रीय बैंकले निजी सञ्चारमाध्यमलाई समारोहमा उपस्थित नगराएको देखिन्छ। यद्यपि, निजी सञ्चारमाध्यमलाई खबर नगर्ने उद्देश्यबारे केन्द्रीय बैंकका अधिकारीहरूले खुलेर बोलेका छैनन्।
स्रोतले भन्यो,‘गभर्नरज्यू मिडियासँग त्यति नजिक हुन खोज्नुभएको देखिन्न। आफ्नो बारेमा नकारात्मक समाचार आउन थालेपछि यस्तो देखिन्छ।’
गभर्नर पौडेलले अमेरिका जानुअघि कार्यवाहकको जिम्मेवारी तोक्न एक जना मात्रै डेपुटी गभर्नर बनाउन सरकारसँग लबिइङ गरेको समाचार आएको थियो। दुई जना डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंक ऐनको व्यवस्थाविपरित हतारोमा सरकारले एक जना कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटीमा पदोन्नति गरेको थियो।
त्यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गभर्नर पौडेलको बिग्रिँदो सम्बन्धबारे पनि सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी हुँदै आइरहेको छ। समाचारबाट टाढा रहन गभर्नर पौडेलले सञ्चारमाध्यमहरूसँग दुरी बढाउन चाहेको हुनसक्ने केन्द्रीय बैंक स्रोत बताउँछ। स्रोतले भन्यो,‘गभर्नरज्यू मिडियासँग त्यति नजिक हुन खोज्नुभएको देखिन्न। आफ्नो बारेमा नकारात्मक समाचार आउन थालेपछि यस्तो देखिन्छ।’
केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भने यसबारे स्पष्ट जवाफ दिएनन्। उनले ‘नेपाल राष्ट्र बैंकले सरकारी सञ्चारमाध्यमबाहेक निजी मिडियालाई नबोलाउने निर्णय’ भएको मात्रै जानकारी दिए।
पछिल्लो समय सञ्चारमाध्यममा अन्तर्वार्ता नदिने र मिडियामा नबोल्ने विषयमा विभागीय मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनबाट पनि सर्कुलर जारी भएको एक मन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ। सोही नीति गभर्नरको हकमा पनि लागू भएको हुनसक्ने उनको आकलन छ।
केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भने यसबारे स्पष्ट जवाफ दिएनन्। उनले ‘नेपाल राष्ट्र बैंकले सरकारी सञ्चारमाध्यमबाहेक निजी मिडियालाई नबोलाउने निर्णय’ भएको मात्रै जानकारी दिए।



About Us
प्रतिक्रिया