साना-साना बचत गर्ने बानीले भविष्यमा ठूलो आर्थिक सुरक्षाको आधार तयार गर्छ : राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले साना–साना बचत गर्ने बानीले भविष्यमा ठूलो आर्थिक सुरक्षाको आधार तयार गर्ने बताएको छ । केन्द्रीय बैंकले ग्लोबल मनी विकको अवसरमा एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकले साना रमकबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताएको हो । राष्ट्र बैंककाअनुसार नियमित रूपमा थोरै रकम बचत गर्ने बानीले दीर्घकालीन रूपमा आर्थिक स्थायित्व र सुरक्षामा महत्वपूर्ण योगदान पु‍र्याउछ । यसले आकस्मिक खर्च व्यवस्थापन गर्न मात्र नभई भविष्यका लक्ष्यहरू हासिल गर्न पनि सहयोग गर्ने केन्द्रीय बैंकले जनाएको छ ।