काठमाडौं – नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ। राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ करोड , विकास बैंकमा १६ करोड ५० लाख र वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ राख्ने भएकाे हाे।
केन्द्रीय बैंकका अनुसार सन् २०२६ फेब्रुअरी २७ देखि सन् २०२७ फेब्रुअरी २७ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो। रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले कार्तिक १४ गते बिहान १० देखि दिउँसो १२ बजेभित्र आवेदन दिनुपर्ने छ।



About Us
प्रतिक्रिया