बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीकाे निक्षेपमा सामान्य गिरावट देखिँदा कर्जा प्रवाह बढेको छ। केन्द्रीय बैंकको माघ १९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ७६ खर्ब  ९७ अर्ब निक्षेप संकलन भएको छ। अघिल्लो दिनसम्म बैंकिङ्ग प्रणालीमा ७६ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि १ अर्बले घटेको छ। माघ १८ गतेसम्म ५९ खर्ब ३६ अर्ब रहेकाे वाणिज्य बैंकहकाे निक्षेप १९ गते ५९ खर्ब ३५ अर्ब रुपैयाँ पुगेकाे छ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा भने वृद्धि देखिएको छ। १८ गतेसम्म ५७ खर्ब ८० अर्ब कर्जा प्रवाह भएकोमा १९ गते ५७ खर्ब ८३  अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले बढेको छ।

अघिल्लो दिनसम्म ५१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १९ गते ५१ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकका अनुसार सो समयमा सिडी रेसियो ७४ दशमलव ३७ प्रतिशत रहेको छ। त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।