काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हाे।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सरकारको नगद हो। जसमा संघीयसँगै प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत हो। चालु आवको ६ महिनाभर एक खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ नगद खातामा थपिएको छ। यसअघिको गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्रै थियो।
यस्तै, चालु आवको पुस महिनासम्ममा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड भएको छ। जसमा चालु खर्च चार खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ छ।
सरकारको आम्दानीमा कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ। यसअन्तर्गत कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६१ अर्ब २८ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकको तथ्याकमा उल्लेख छ।



About Us
प्रतिक्रिया