काठमाडौं – चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो। गत वर्ष मंसिरको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो।
कुन महिनामा कति भित्रियाे ?
साउन: १ खर्ब ७७ अर्ब रुपैयाँ
भदाैं: १ खर्ब ७४ अर्ब रूपैयाँ
असाेज: २ खर्ब १ अर्ब रुपैयाँ
कात्तिक: १ खर्ब ३३ अर्ब रुपैयाँ
मंसिर: १ खर्ब ८३ अर्ब रुपैयाँ





About Us
प्रतिक्रिया