सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा दिँदै बैंक, कुन बैंकको कुन शाखा खुल्छन् ?


काठमाडौं – सरकारले आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले बिदा दिएपनि बैंकहरुले भने बैंकिङ्ग सेवा सूचारु गर्ने भएका छन् ।

सार्वजनिक बिदा दिएपनि बैंकहरुले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन् ।

बैंकहरुले होलिडे काउन्टरमार्फत निक्षेप संकलन र भुक्तानी, विदेशी मुद्रा विनिमय सुविधा दिनेछन् ।