काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएकाे हाे।
राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।





About Us
प्रतिक्रिया