घुम्न सौखिन नेपाली, ३ महिनामा विदेश घुमफिरमा खर्चिए साढे २१ अर्ब

‘विदेशीले नेपाल भ्रमणमा गरेको खर्च १९ अर्ब १९ करोड मात्र’


काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांकले नेपालबाट विदेश घुम्न जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन्। केन्द्रीय बैंकले सार्वजनिक गरेकाे असाेजसम्मकाे तथ्यांकले साे खर्च भएकाे देखाएकाे हाे ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फकाे व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। यसअनुसार भ्रमणमा भएको खर्च २१ अर्ब ६३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

यस्तै, साे अवधिमा चालु आर्थिक वर्षको वैशाख महिसान्तसम्मको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट नेपालले १९ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ। भ्रमण आय८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा नेपालको खुद सेवा आय ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ताे घाटा २३ अर्ब १ करोडले थियो। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।