काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीबाट भारी रकम बाहिरिएको छ। केन्द्रीय बैंकको कार्त्तिक २४ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट १७ अर्ब रुपैयाँ बाहिरिएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार कार्तिक २३ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७५ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा भोलिपल्ट अर्थात् कार्त्तिक २३ गते ७४ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ।
यस्तै,सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्बले घट्दै ६७ खर्ब ५७ अर्ब रुपैयाँबाट ६१ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित भएको छ। सो अवधिमा कर्जा प्रवाहमा पनि ३ अर्ब रुपैयाँको गिरावट देखिएको छ।
कात्तिक २३ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ५० खर्ब २४ अर्बबाट घटेर ५० खर्ब २१ अर्बमा सीमित भएको छ। सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७४.४२ प्रतिशत रहेको छ।






About Us
प्रतिक्रिया