प्रि ओपन सेसनमा १.९० अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन १८ दशमलव ४० अंकले घटेर २५ सय ८७ दशमलव १७ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.९० अंक बढेर २४ सय ८९ दशमलव ७ को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसन भरिमा २४ कम्पनीले कारोबार गर्दा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

यस सेसनमा ४८ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ५ हजार ५ सय ९ कित्ता शेयर किनबेच भएको छ।