काठमाडौं – नेपाल राष्ट्र बैंकले आफूले लिएको कर्जाको सदुपयोग गर्दै बैंकिङ्ग कसुरबाट जोगिनुपर्ने बताएका छन् । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सुचना जारी गर्दै बैंकिङ्ग कसुरबाट जोगिनुपर्ने बताएको हो ।
राष्ट्र बैंकले कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको प्रयोग गर्नु पर्ने बताएको छ । तोकिएको प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्नु वा गराउन नहुने सूचनामा उल्लेख छ ।
कर्जाको दुरूपयोग गर्नुलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ्ग कसुर भएको मानिन्छ । यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उप-दफा २ मा भएको व्यवस्थाअनुसार विगो भराई विगो बमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजाय समेत हुन सक्ने व्यवस्था छ ।





About Us
प्रतिक्रिया