वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ५१ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोलुखुम्बुका पासाङ नुरु शेर्पा र स्याङ्जाकी शारदा थापा रहेका छन् । 
 
उनीहरूले रोजगारीका लागि क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै दुई जना सँग ५१ लाख असी हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं  पठाएको प्रहरीले जनाएको छ  ।