डोल्पाका प्रमुख प्रशासकीय अधिकृत डाँगीविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार


काठमाडौं – अख्तियार दुरुपयोग आयोगले डोल्पाको मुड्के चुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीविरुद्ध दायर गरेको मुद्दा पुनरावेदन गरिएको छ।

आयोगले गाउँपालिकाबाट सञ्चालन भएको महादेव खोलादेखि घाम्टा खोलासम्म मोटर बाटो निर्माण योजनामा फिल्डमा ८ वटा मात्र ग्याबियन जाली लगाई ८६ वटा ग्याविन जाली लगाएको भनी ७८ वटा ग्याबियन जालीको नापी किताबमा बढी काम गरेको देखाएको जनाएको छ ।

उनले ८६ वटा ग्याबियन जाली बनाएको देखाएर १० लाख ९७ हजार रुपैयाँ भुक्तानी लिएका थिए । भ्रष्टाचारको कसुरमा संलग्न प्रतिवादीहरूविरुद्ध अख्तियारले १० लाख ९७ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागेको थियो । तर, विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्च अदालतमा फैसला पुनरावेदनको लागि मुद्दा दायर गरेको हो ।